२३ बैशाख २०८१, आईतवार
Follow Us

प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौमा जसपाको प्रदर्शन

नेपालब्रिटेन संवाददाता
१२ पुष २०७७, आईतवार ११:३५

काठमाडौ । जनता समाजवादी पार्टी नेपाल जसपाले प्रतिनिधि सभा विघटनविरुद्ध आइतवार काठमाडौंमा प्रदर्शन गरेको छ । जसपाले कालो ब्यानरसहित रत्नपार्कबाट विरोध जुलुस निकालेको हो । शिर्ष नेताहरु सहभागि भएको विरोध जुलुस निकाल सहिदगेट, न्युरोड हुँदै पुन शान्तिबाटिकामा पुगि कोणसभामा परिणत भएको थियो ।

विरोध -यालीमा पूर्व प्रधानमन्त्री एवं जसपा अध्यक्ष. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव लगाएतका शिर्ष नेताहरु सहभागी थिए । -यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष यादव र नेता भट्टराईले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद बिघटन गरेर असवंधानिक, अलोकतान्त्रीक र प्रतिगमनकारी कार्य गरेको आरोप लगाए ।

सडकबाट जनताल बिरोध नगरेसम्म प्रतिगमनकारी कार्य नसच्चिने जसपाको नेताहरुको भनाइ छ । संसद बिघटनको निर्णय फिर्ता नभए जनआन्दोलनबाट प्राप्त उपलव्धी समेत गुम्ने खतरा पैदा भएको भन्दै आन्दोलनको विकल्प नभएको जसपाको निस्कर्ष छ । प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भन्दै जसपाले संसद् पुनःस्थापना गर्नुपर्ने माग राखेको छ । विघटन विरुद्ध जसपाले केहीदिनदेखि देशभर प्रदर्शन गर्दै आएको छ ।