१५ बैशाख २०८१, शनिबार
Follow Us

अख्तियारद्वारा रमतेल डाँडा सामुदायिक वनको छानविन शुरु

नेपालब्रिटेन संवाददाता
१४ पुष २०७७, मंगलवार ०६:०४

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले महोत्तरीको बर्दिबास–१ स्थित रमतेल डाँडा सामुदायिक वनको रूख कटान र जग्गा अतिक्रमण प्रकरण सम्बन्धमा छानविन थालेको छ ।

वनको जग्गा अतिक्रमण गरी रुख कटान गरिएको विषयमा अख्तियारले छानविन अघि बढाएको हो । स्थानीयको जग्गा देखाएर सामुदायिक वनको ३ विघा १८ कठ्ठा क्षेत्रफलमा रहेका ४ सय ६ वटा रूख कटान गरिएको देखिएपछि अख्तियारले छानविन थालेको हो ।

स्थानीयको उजुरीका आधारमा छानविन अघि बढाइएको अख्तियारको कार्यालयले जनाएको छ । कार्यालयका डीएसपी मधुकुमार थापा नेतृत्वको टोलीले रूख कटान भएको क्षेत्रको निरीक्षण समेत गरेको छ । साथै अख्तियारले स्थानीय, वन कर्मचारीसँग रूख कटानीको विषयमा सोधपुछ गरेको छ ।

स्थानीयले भने निजी जग्गाको रुख देखाएर वन फँडानी गर्नृमा डिभिजन वन कार्यालय, नापी, मालपोत, वडा कार्यालय, रमतेल डाँडा सामुदायिक वनका पदाधिकारी नै सग्लन रहेको भन्दै अनुसन्धानको माग गरेका छन् । वन कार्यालयले भने सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव सहित सात कर्मचारीलाई निलम्बन गरेको छ ।