२८ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल भ्यालुयर्स एसोसिएशन बन्यो

नेपालब्रिटेन संवाददाता
१७ पुष २०७७, शुक्रबार ०४:३३

काठमाडौं । नेपाल भ्यालुयर्स एसोसिएशन इन्टरनेसनल भ्यालुयसन स्टान्डर्ड काउन्सिल (आईभीएससी) को सदस्य बनेको छ । एसोसिएशनले लन्डनमा रहेको काउन्सिलको मुख्य कार्यालयमा सदस्यता प्राप्त गर्नका लागि विशेष पहल गरेको थियो । यसअघि एसोसिएशनको पहलपछि काउन्सिलले एक मेलमार्फत एसोसिएशनलाई सदस्य बन्नका लागि प्रस्ताव पेश गरेसँगै एसोसिएशनको पहलले सार्थकता पाएको थियो ।

बिहीबार आईभीएससीले एसोसिएशनलाई सदस्य भएको प्रमाणपत्र पठाएको हो । एसोसिएशनका अध्यक्ष ई.ऋषि कोइरालाका अनुसार एसोसिएशन आईभीएससीको सदस्य बनेसँगै नेपाली मूल्यांकनकर्ताले अन्तर्राष्ट्रियस्तरमा आफ्नो उपस्थिति जनाउन सहज हुनेछ । साथै, दुई पक्षीय सहयोग आदान–प्रदान हुने र नेपालको मूल्यांकन क्षेत्रको अन्तर्राष्ट्रिय बजारमा प्रमोट हुने छ ।

उनले भने, ‘इन्टरनेसनल फाइनान्सीयल इस्टीच्यूट’ (आईएफआई)’ आईभीएससीको भगिनी संस्था हो । राष्ट्र बैंक र नेपालका सबै बैंकहरुले आईएफआईको मूल्य–मान्यताअनुसार काम गर्छन् । अब हाम्रो एसोसिएशन पनि आईभीएससीको सदस्य भएपछि नेपालमा अन्तर्राष्ट्रिय मूल्यांकन पद्दति लागू गर्ने बाटो खेलेको छ ।’

नेपाल राष्ट्र बैंकको संशोधित मौद्रिक नीतिमा पनि बैंकहरुले अन्तर्राष्ट्रिय मान्यताका आधारमा धितो मूल्यांकन गर्नुपर्ने उल्लेख गरिएको छ । यी दुई पक्षलाई केलाउने हो भने अब नेपालको धितो मूल्यांकन थप व्यवस्थित र पारदर्शी हुने विश्वास गरिएको छ ।