२९ बैशाख २०८१, शनिबार
Follow Us

शेयर बजारमा नेप्सेको कीर्तिमानी उचाइ

नेपालब्रिटेन संवाददाता
४ माघ २०७७, आईतवार ११:५८

काठमाडौ । सेयर बजार सूचक नेप्से परिसूचक २३ सय नाँघेर कीर्तिमानी उचाइ कायम गरेको छ । साताको पहिलो दिन आइतबार २८ दशमलव ४६ अंकले बढेर नेप्से २३१५ बिन्दूमा पुगेको हो ।१६ कम्पनीका सेयर ९ प्रतिशतभन्दा बढीको वृद्धिले नेप्सेलाई उच्चतम् बिन्दूमा पु-याउन बल पुगेको हो । १६ कम्पनी मध्ये साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर १० प्रतिशतले बढेर रोकिएको थियो ।यसरी बढ्नेमा लघुवित्त र विकास बैंकका सेयर छन् ।

नारायणी डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त, सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, किसान लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्स, आरम्भ चौतारी लघुवित्त, मञ्जुश्री फाइनान्स, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक लगायतका कम्पनीको सेयर ९ प्रतिशतबन्दा बढीले वृध्दि भएको छ । प्री ओपनीङ सेसनबाटै २३ सय नाँघेको नेप्से परिसूचक अन्तिम कारोबारसम्म कायम रह्यो ।आइतबारको कारोबारमा जलविद्युत समूहबाहेक सबै समूहको परिसूचक धनात्मक रहे ।

जलविद्युत समूहको परिसूचक ७ दशमलव २ अंकले घट्यो । ट्रेडिङ समूहको परिसूचक ९ दशमलव २४ प्रतिशतले बढ्यो । विकास बैंक, फाइनान्स र माइफ्रोफाइनान्स समूह परिसूचकमा उच्च वृध्दि भएको छ ।२३२ अंकले बढेको ट्रेडिङ समूह २७५३ बिन्दूमा कायम रह्यो । विकास बैंक समूह ४ प्रतिशतले बढेर २५९७ बिन्दू पुग्यो । जीवन बिमा र निर्जिवन बीमा समूह दुवैमा सामान्य वृध्दि रह्यो । आइतबारको कारोबार ६ अर्ब ३७ करोड रुपैयाँ पुग्यो ।