३० बैशाख २०८१, आईतवार
Follow Us

मिक्लाजुङका शिक्षकको हत्या गरेको आरोपमा चन्द समूहका मोरङ इन्चार्ज पक्राउ

नेपालब्रिटेन संवाददाता
८ माघ २०७७, बिहीबार १२:५१

काठमाडौं । मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा एक जना नेत्रबिक्रम चन्द समूहका एक नेता पक्राउ परेका छन् । चन्द समूहका मोरङ जिल्ला इञ्चार्ज इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।

विक गत मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका १ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न रहेको प्रहरीको दावी छ । श्रेष्ठको घाँटी रेटेर जंगलमा हत्या गरिएको थियो । मोरङ बुढीगंगा गाउँपालिका चारस्थित औद्योगिक क्षेत्रबाट विकलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

उद्योगी व्यवसायीलाई धाकधम्की दिई चन्दा मागिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । संखुवासभा साबिक मादी गाविस रामवेनी सात हाल मादी नगरपालिका ४ ओखरबोटे बस्ने ३२ वर्षीय विकको साथबाट प्रहरीले सेमी अटोमेटिक पेस्तोल पनि बरामद गरेको छ ।