२३ बैशाख २०८१, आईतवार
Follow Us

वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री राई

नेपालब्रिटेन संवाददाता
११ माघ २०७७, आईतवार ११:२२

काठमाडौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आइतबार विवाह बन्धनमा बाँधिएका छन् । ४९ वर्षिय मुख्यमन्त्री राईले आफूभन्दा दोब्बर कम उमेरकी २३ वर्षिया मोडल जाङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिएका हुन्। उनीहरू केही समयदेखि प्रेम सम्वन्धमा थिए। काठमाडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर पुगेका बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका छन् । उनिहरुके परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ ।मुख्यमन्त्री राईको पुख्यौंली घर भोजपुर हो भने आमाबाबु हाल अमेरिकामा बस्दै आए पनि शेर्पाको पुर्ख्यौली घर संखुवासभा हो ।