११ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायतमा नेकपा विवाद: भक्त गुरुङ्ग बर्खास्त

नेपालब्रिटेन डट कम्
२ फाल्गुन २०७७, आईतवार १९:५२

लण्डन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बेलायतले प्रवासी नेपाली एकता मंच (ओेएनयूएफ) यूकेले ओली समुह बेलायतका अध्यक्ष भक्त गुरुङलाई साधारण सदस्यबाट निष्कासन प्रक्रिया अघि बढाएको छ ।

ओेएनयूएफका अध्यक्ष राजेन्द्र पुडासैनिको अध्यक्षतामा शनिवार बसेको बैठकले सर्बसम्मत रुपमा गुटगत गतिविधि गरेको आरोप लगाउदै गुरुङ्गलाई निष्कासनको निर्णय गरेको हो ।

कार्यसमितिको बैठकपछि आयोजित भर्चुअल पत्रकार सम्मेलनमा पुडासैनीले पार्टी नीति बिपरित गुटगत भेला गर्ने काममा संलग्न पाइएकोले उनलाई साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको दावी गरेका छन् ।

बैठकले कार्यसमितिका रिक्त पदहरुमा पुर्ति गर्ने निर्णय गरेको मंचले जनाएको छ ।

बैठकले सल्लाह्कार मनोनयन, क्षेत्रिय ईलाका कमिटि गठन गर्ने निर्णय गरेको ओेएनयूएफ सचिब सुरेश गौतमले जानकारी दिए । पत्रकार सम्मेलनमा ओेएनयूएफका नेताहरु रबिन्द्र कंडेल र उमेश मोक्तान समेत उपस्थित थिए ।