१५ चैत्र २०८०, बिहीबार
Follow Us

”चोखो माया ” गीतको म्यूजिक भिडियो सार्वजनिक

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७७, सोमबार १६:०४

काठमाडौँ । गायिक आवेश कुइंकेलको आवाजमा तिम्रो ” चोखो माया ”’ बोलको गीत म्यूजिक भिडियो बेलायतबाट सार्वजनिक भएको छोटो समयमा नै चौतर्फी चर्चा बटुल्न सफल भएको छ ।

गायिक आवेश कुइंकेलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा शब्द रबिन्द्र (रबि) मल्ल, संगित कल्याण सिंह, दिनेश श्रेष्ठ ,लुमन स्थापित संजीव मैनालीको रहेको छ । बेलायतका विभिन्न स्थानहरुमा छायांकन गरिएको यस म्यूजिक भिडियोमा विकेश बस्नेत र कविता बिष्टको अभिनय रहेको छ ।

मोडल विकेशले बेलायतमा करिब एक दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

प्रणय दिवसको अवसर पारेर सार्वजनिक उक्त म्यूजिक भिडियोलाई बेलायतमा नै आफ्नो कर्मथलो बनाएका आशिष श्रेष्ठले छायाङ्कन, सम्पादन र निर्देशन गरेका हुन् ।