५ जेष्ठ २०८१, शनिबार
Follow Us

अदालतका कर्मचारीबीच मुक्का हानाहान

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७७, मंगलवार १९:३१

काठमाडौं जिल्ला अदालतमा नयायाधीशकै अगाडि दुई कर्मचारीबीच कुटाकुट भएको छ।

सोमबार १४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुन्ने वादविवाद हुँदा इजलास अधिकृत गोकर्ण शर्मा र नायब सुब्बा नेत्रप्रसाद बाँस्तोला कुटाकुटमा उत्रिएका हुन्।

श्रेस्तेदार भीमप्रसाद निरौलाका अनुसार इजलास अधिकृत शर्मा घाइते भएका छन्। उनको नाकबाट रगत बगेपछि ट्रमा सेन्टरमा जँचाउन गएका थिए। अहिले उनको अवस्था सामान्य रहेको निरौलाले बताए।

मालपोत कार्यालयलाई भएको एउटा आदेशमा सही गर्ने कुरालाई लिएर विवाद भएको थियो ।

‘आदेशमा सही गराउन लिएर जादाँ इजलास अधिकृत शर्माले व्यहोरा नमिलेको भन्दै अर्को व्यहोरा लेखेर ल्याउन भनेपछि वादविवाद भएको रहेछ। त्यही बढ्दै गएर हात हालाहाल नै भएछ,’ उनले भने।