१६ असार २०८३, मंगलवार
Follow Us

सुर्खेतमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन

नेपालब्रिटेन संवाददाता
२ चैत्र २०८२, सोमबार १२:१५

सुर्खेतमा बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन भएका छन । सुर्खेत बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली, ३३ वर्षीय टोपबहादुर खत्री र सुर्खेतको लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली २३ फागुनदेखि सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जानकारी दिएको छ ।

उनीहरू २३ फागुनमा घरदेखि १७ किलोमिटर दक्षिण तर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तर्फ गएका थिए । तर उनीहरू अहिलेसम्म नफर्किएपछि बराहताल गाउँपालिका–२ का आसे महतराले खोजीकार्यका लागि सोमबार प्रहरीलाई जानकारी गराएका हुन् ।

प्रहरीका अनुसार उनीहरू बेपत्ता भएकाबारे जानकारी गराउने आसे महतरा टोपबहादुर खत्रीका भेनाजु हुन् । सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी कार्य जारी रहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।

धेरै पढिएको