२३ बैशाख २०८१, आईतवार
Follow Us

मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टद्वारा पद बहाली

नेपालब्रिटेन संवाददाता
१० फाल्गुन २०७७, सोमबार ०४:२३

काठमाडौ । उच्च अदालत पाटन हेटौँडा इजलासको उत्प्रेषणयुक्त परमादेश बमोजिम मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पुनर्बहाली गर्नुभएको छ । लिखित राजीनामा दिएको भन्दै गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गत पुस १७ गते उक्त राजीनामालाई स्वीकृत गर्नुभएको थियो ।

पत्रकार सम्मेलन गर्दै विष्टले राजनीतिक प्रतिशोध राखी अवैधरुपमा लेखिएको राजीनामालाई स्वीकृत गरी तत्काल उपाध्यक्ष पदको दैनिक कार्य सञ्चालन गर्ने अधिकारबाट वञ्चित गरिएको बताउनुभएको छ ।

उहाँले उक्त अवैध राजीनामालाई बदर गरी साबिक बमोजिम उपाध्यक्ष पदमा कामकाज गर्न उच्च अदालत इजलास पाटन हेटौँडा उत्प्रेषणयुक्त परमादेश आदेश पाऊँ भनी गत पुस २८ गते निवेदनपत्र दर्ता गर्नुभएको थियो ।

उपाध्यक्ष विष्ट तत्कालीन नेकपा एमालेका तर्फबाट विसं २०७४ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा मनहरी गाउँपालिकाका उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।