२२ बैशाख २०८१, शनिबार
Follow Us

लाप्राकमा एनआरएनको नमुना बस्ती बन्दै

नेपालब्रिटेन डट कम्
१८ पुष २०७३, सोमबार ०७:२७

गोरखा– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्प प्रभावित गोरखाको लाप्राकस्थित गुप्सीपाखामा नमुना बस्ती बनाउन निजी आवास निर्माणलगायत संरचनाका लागि धमाधम घडेरी खार्ने काम अघि बढाएको छ । भूकम्पप्रभावित लाप्राकवासीलाई सरकारले गुप्सीपाखामा घर बनाउने प्रयोजनका लागि घडेरी उपलब्ध गराएपछि एनआरएनएले अहिले घडेरी खार्ने काम गरिरहेको छ ।
६ सय १७ टहरा हटाएर गुप्सीमा घडेरी बनाइएको हो । गुप्सीमा बस्दै आएका लाप्राकी कोही पुरानै गाउँ तथा कोही रिन्जिलुङतर्फ सरेका छन् । लाप्राक पुनर्निर्माणको कामलाई गति दिन एनआरएनएका अध्यक्ष शेष घले नेतृत्वको टोली गत ११ पुसदेखि शुक्रबारसम्म लाप्राकस्थित गुप्सीपाखामा बसेका थिए ।
पुनर्निर्माणका लागि आवश्यक स्वयंसेवक बस्ने आवास गृह, खानेपानीलगायत पूर्वाधार खडा गर्नका लागि पूर्वतयारी गर्न भन्दै अध्यक्ष घले केही समय गोरखाको गुप्सीमा बसेका हुन् ।
एनआरएनएले पनि आगामी एक वर्षभित्र निजी घर, विद्यालय लगायत सार्वजनिक भवनको निर्माण गर्ने गरी कामलाई तीव्र रूपमा अघि बढाएको हो । गुप्सीपाखामै इँटा बनाउने मेसिन पु¥याएर निजी आवास निर्माणलाई तीव्र रूपमा अघि बढाउने एनआरएनएको तयारी छ । लाप्राकको सिंगोे बस्ती एनआरएनएले पुनर्निर्माण गर्ने जिम्मा लिएपछि लाप्राकवासीले सरकारले दिने भनेको अनुदान रकमसमेत लिन पाएनन् ।