८ जेष्ठ २०८१, मंगलवार
Follow Us

तराई–मधेसमा आज होली खेलिंदै, सुरक्षा ब्यवस्था कडा

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०७७, सोमबार ०३:४५

काठमाडौं । रंगहरूको रंगीन पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा आज हर्षोलासपूर्वक मनाइँदै छ । पहाडी जिल्लामा आइतबार फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज होली मनाउन लागिएको हो ।

होलीका अवसरमा केन्द्र सरकारले आज एक दिनका लागि तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिंमा मनाउने नेपाली चलन रहेको छ । स्थानअनुसार मनाइने फागु पुर्णिमाको नाम पनि फरक फरक छ ।

हिमाली र पहाडी भेकमा ‘फागु’ भनिन्छ भने तराई मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ । होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न सुरक्षा सतर्कता कडा बनाएको प्रहरीले जनाएको छ ।