१६ बैशाख २०८१, आईतवार
Follow Us

गण्डकीका मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता

नेपालब्रिटेन संवाददाता
२ बैशाख २०७८, बिहीबार ०८:१९

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री गुरूङविरूद्ध आज प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । काँग्रेस, माओवादी र जसपाका गरी २८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो। भावी मुख्यमन्त्रीका लागि कांग्रेसका कृष्णचन्द्र नेपालीको नाम प्रस्ताव गरिएको छ ।

मुख्यमन्त्री गुरूङले गए राति १२ बजेदेखि नै लागू हुने गरी गण्डकी प्रदेशको अधिवेशन अन्त्य गरिदिएका थिए। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले बुधबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका थिए।