१६ बैशाख २०८१, आईतवार
Follow Us

ओलीको फोन आएपछि प्रचण्डको सम्बोधन

नेपालब्रिटेन संवाददाता
३ बैशाख २०७८, शुक्रबार ०८:४४

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केद्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफूले ओलीसँग बाटो बनाइदिने माग राख्ने बताएका छन् । ललितपुरको कोज्योसोम गाउँपालिकाको कार्यालय भवन उत्घाटन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

कोज्योसोम जाने बाटो निर्माण भइरहेको तर ढिलासुस्ति भएको भन्दै उनले ओलीलाई उक्त बाटो छिटोभन्दा छिटो बनाइदिन ओलीसँग भन्ने बताए । उनले भने, ‘म यहाँ आउँदै गर्दा बाटो भन्दै रहेछ, यो खुसीको कुरा हो तर बाटो बनाउने काम ढिला भइरहेको छ ।’

उनले ओलीले आफूलाई धेरैपछि फोन गरेको बताए । उनले थपे,‘राम्रो होकी नराम्रो हो मलाई थाहा छैन, म यहाँ बस्दै गर्दा प्रधानमन्त्री ओलीको फोन आयो, यो भवन उद्घाटनपछि तपाईले के भन्न खोजेको हो, यो बाटो बनाइदिनुस् ठूलो काम हुन्छ भन्ने वाला छु ।’

उनले अहिले केही मानिस गाउँगाउँमा सिंहदरबार आएको देख्न नचाहेको पनि बताएका छन् । उनले तिनीहरु अहिले मौका कुरेर बसेको र त्यसलाई पछाडि फर्काउन चाहिरहेको बताए ।

उनले भवन राम्रो हुनु आवश्यक भएपनि मुख्य कुरा सेवा भएकाले जनतालाई सेवा दिने सवालमा कोज्योसोम सधैँ अगाडि रहने विश्वास व्यक्त गरे ।