१६ बैशाख २०८१, आईतवार
Follow Us

९ सय कोरोना संक्रमित थपिए, थप २ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
३ बैशाख २०७८, शुक्रबार १३:३०

काठमाडौ । पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १५८ जनामा परीक्षण गर्दा पीसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा संक्रमितको कूल संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । यही अवधिमा थप २०८ जना निको भएका छन् ।