२२ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतमा कांग्रेस क्रियासिल सदस्यता वितरण गर्न माग गर्दै देउवालाई पत्र

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७८, शुक्रबार २०:०३

लण्डन । बेलायतस्थित नेपाली कांग्रेसका नेता तथा समर्थकहरुले नेपाली कांग्रेसको क्रियासिल सदस्यता वितरण गर्न माग गरेका छन् ।

नेपाली जनसम्पर्क समिति वेलायतका पूर्वपदाधिकारी तथा महाधिवेशन तथा महासमिति प्रतिनिधीहरुले विहीवार कांग्रेस सभापति शेर बहादुर देउवालाई एक पत्र लेख्दै नेपाली जनसम्पर्क समिती बेलायतले केन्द्रबाट ल्याएको क्रियासिल सदस्यता वितरणमा कुनै चासो नदेखाई लुकाउने प्रयत्न गरेको आरोप लगाएका छन् ।
पत्रमा क्रियासिल सदस्यता वितरण विशेष समिती मार्फत समयमै व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।

यसैबीच नेपाली जनसम्पर्क समिति बेलायतले बिहिबार देखिनै क्रियासिल सदस्यता वितरण सुरु भएको सार्वजनिक गरेको थियो ।

पत्र जस्ताको तस्तै

आदरणीय श्री शेरबहादुर देउवा ज्यु,
सभापती
नेपाली कांग्रेस पार्टी
बि पि भवन, सानेपा ।

मिति:१८ अप्रील २०२१

बिषय:क्रियाशिल सदस्यता उपलब्ध गराईदिनु हुन बारे ।

आदरणीय सभापती ज्यु, नेपाली कांग्रेस पार्टीको १४औं महाअधिवेसनको तयारी जोडतोडका साथ चलेको जानकारी पाउंदा हामी नेपाली जनसम्पर्क समिति बेलायत लगाएत प्रवासमा रहेका तमाम कार्यकर्ताहरु हर्षित एबम उत्साहित भएको कुरा यसै पत्र मार्फत् जानकारी गराउंन चाहन्छौं । तर हाम्रो आसन्न महाअधिवेसनमा नेपाली जनसम्पर्क समिति बेलायतको तर्फ बाट प्रतिनिधित्व गर्ने र पार्टीको १० लाख क्रियाशिल सदस्यता पुर्याउने अभियानमा जोडिने अवसर बाट हामी तमाम कार्यकर्ताहरु, वैधानिकता गुमाइसकेको नेपाली जन संपर्क समिती बेलायतले केन्द्रबाट बेलायतका लागि बुझेर ल्याएको कृयासिल सदस्यता समन्बयमा कुनै चासो नदेखाइ लुकाउने प्रयत्न गरिएको छ । जसले गर्दा सयौ पुराना तथा नयाँ नेपाली काङ्रेसका प्रतिबद्द नेता कार्यकर्ताहरु कृयासिल सदस्यता बन्नबाट बन्चित हुने स्थिती देखिएको छ ।

पार्टिको अगुवाइमा सन्चालित जन आन्दोलनहरु २०४६, २०६२ २०६३ मा भाग लियर महत्वपूर्ण भूमिका निर्बाह गरेका नेपाली काङ्रेस्का नेता कार्यकर्ता हरु, समितिका संस्थापकहरु, पूर्व महासमिती सदस्य तथा महाधिबेशन प्रतिनिधिहरु समेत कृयासिल सदस्य बन्न र नबिकरण गर्न बाट बन्चित हुने देखिएको सन्दर्भमा तत्काल यसको समाधान गर्नका लागि बिशेष समिती मार्फत समयमै ब्यबस्थापन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

धन्यवाद,

जय नेपाल ।

निवेदकहरु,

१. बिजन भट्ट – महाअधिवेसन प्रतिनिधि तथा पुर्ब उपसभापती
२. शान्तबिनोद लामिछाने – निबर्तमान उपसभापति तथा पुर्ब महसमिति सदस्य ।
३. बेदराज पराजुली – पुर्ब सल्लाहकार तथा निर्वाचन समिति सदस्य ।
४. शिब तिमिल्सिना – निबर्तमान महामन्त्री (दुई कार्यकाल) ।
५. बिश्व घिमिरे – निबर्तमान महामन्त्री ।
६. शेखर कन्डेल – पुर्ब सहमहामन्त्री ।
७. राजेन्द्र सुबेदी – पुर्ब कोषाध्यक्ष ।
८. नारायण आचार्य – क्षेत्रीय सभापती, नर्थ वेस्ट लन्डन ।
९. दयानिधि सापकोटा – क्षेत्रीय सभापती, मिडल्यान्ड् ।
१०. नगेन्द्र श्रेष्ठ – पुर्ब कार्यसमिति सदस्य (दुई कार्यकाल)।
११. रमेश पौडेल – पुर्ब कार्यसमिति सदस्य (दुई कार्यकाल) l
१३. किशोर लामिछाने – पुर्ब कार्यसमिति सदस्य तथा क्षेत्रीय सचिब, नर्थ वेस्ट लन्डन ।
१५. उपेन्द्र पौडेल – सहमहामन्त्री, नेजसस बेलायत ।
१६. हरिभक्त न्यौपाने – पुर्ब कार्यसमिति सदस्य ।
१७. किरण न्यौपाने – क्षेत्रीय उप-सभापती, वेस्ट लन्डन ।
१८. नवराज पराजुली – क्षेत्रीय सचिब, रेडिङ ।
१९. शर्मिला भन्डारी – क्षेत्रीय कोषाध्यक्ष, वेष्ट लन्डन ।
२०. सुमन चालिसे – क्षेत्रीय सदस्य, रेडिङ्ग् l
२१. बिजय कार्की – क्षेत्रीय समिति सदस्य, नर्थ वेस्ट लन्डन ।
२२. पबित्रा बस्याल – पुर्व कोषाध्यक्ष, नेबी संघ पद्मकन्या क्याम्पस ।
२३. विकास सपकोटा – क्षेत्रिय सचिब ।
२४. सर्मिला भण्डारी सापकोटा – क्षेत्रीय कोषाध्यक्ष ।
२५. सुमित भण्डारी – क्षेत्रीय सदस्य ।

बोधार्थ,

१. आदरणीय श्री शेर बहादुर देउवा ज्यु, सभापती, नेपाली कांग्रेस पार्टी, बिपि भवन, सनेपा ।
२. आदरणीय श्री रामचन्द्र पौडेल ज्यु, बरिष्ठ नेता, नेपाली कांग्रेस पार्टी ।
३. आदरणीय श्री बिमलेन्द्र निधि ज्यु, उपसभापति, नेपाली कांग्रेस पार्टी ।
४. आदरणीय प्रा डा शशान्क कोइराला ज्यु, महामन्त्री, नेपाली कांग्रेस पार्टी ।
५. आदरणीय श्री पुर्ण बहादुर खड्का ज्यु, महामन्त्री, नेपाली कांग्रेस पार्टी ।
६. आदरणीय श्री प्रकाशमान सिंह ज्यु, पुर्ब महामन्त्री, नेपाली कांग्रेस पार्टी ।
७. आदरणीय श्री कृष्ण प्रसाद सिटौला ज्यु, पुर्ब महामन्त्री, नेपाली कांग्रेस पार्टी ।
८. आदरणीय श्री रमेश लेखक ज्यु, केन्द्रिय सदस्य तथा कृयासिल सदस्यता छानबिन समिति नेपाली कांग्रेस पार्टी ।
९. आदरणीय श्री गोबिन्द भट्टराई ज्यु, संयोजक, जनसम्पर्क समिति बिभाग, नेपाली कांग्रेस पार्टी ।