२१ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिकन नागरिकलाई यूरोप घुम्न अनुमति

नेपालब्रिटेन डट कम्
१४ बैशाख २०७८, मंगलवार ०७:२७

लण्डन । यूरोपियन यूनियन इयूले आउँदो ग्रीष्मकालदेखि कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाएका अमेरिकी नागरिकलाई भ्रमणका लागि खुला गर्ने तयारी थालेको छ ।

इयू आबद्ध मुलुक र अमेरिकामा एकै कम्पनीका खोपहरु अनुमोदन भई प्रयोग भइरहेकोले पनि यस ग्रीष्मकालमा भ्रमणका लागि बाटो खोल्न सकिने इयूका अध्यक्ष उर्सुला भोन डर लेनले बताउनुभयो ।

आगामी दिनमा कोरोनाको संक्रमणको अवस्थालाई मूल्याङ्कन गरेरै ठोस निर्णय लिइने उहाँको भनाई छ । इयूले गत वर्षदेखि अमेरिकी नागरिकमाथि लगाएको प्रतिबन्ध अझै हटाएको छैन ।