२७ बैशाख २०८१, बिहीबार
Follow Us

दीपक मनाङ्गेलाई मन्त्री बनाएपछि गण्डकी सरकार ढुक्क

नेपालब्रिटेन संवाददाता
१६ बैशाख २०७८, बिहीबार १२:४९

पोखरा । सरकारविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता भइसकेको अवस्थामा हठात् मन्त्रीपरिषद् विस्तार गर्ने लुम्बिनीको रणनीति गण्डकी प्रदेशमा पनि अपनाइएको छ ।

सरकारविरुद्धको अविश्वास प्रस्ताव संसदमा विचाराधीन रहेको बेलामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । अविश्वासको प्रस्तावमा तटस्थ रहेका स्वतन्त्र सांसद दिपक मनाङे् (राजीव गुरुङ) लाई पनि मन्त्री बनाइएको छ । उनलाई युवा तथा खेलकुद मन्त्रीमा सपथ गराइएको छ ।

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनांगे) ले युवाहरुलाई विदेश जान नपर्ने आफूसँग ‘भिजन’ रहेको बताएका छन् । सपथग्रहणअघि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गुरुङले युवाहरुका लागि स्वदेशमै रोजगारी दिलाउने भिजनका साथ आफूले मन्त्रीको जिम्मेवारी सम्हाल्न लागेको बताए ।