२८ बैशाख २०८१, शुक्रबार
Follow Us

७ हजार ४४८ जनामा संक्रमण पुष्टि, ३७ को मृत्यु

नेपालब्रिटेन संवाददाता
२० बैशाख २०७८, सोमबार १२:००

काठमाडौं । नेपालमा ७ हजार ४ सय ४८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा देशभर १६ हजार ६ सय ५८ आरटी पिसिआर र ५ सय १८ एन्टिजेन परीक्षण गरिएकोमा ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएका हो । पिसिआर विधिबाट ७ हजार ३ सय ८८ र एन्टिजेन विधिबाट ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जम्मा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ । यीमध्ये ५४ हजार ४१ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । काठमाडौंमा २ हजार ९ सय २२, ललितपुरमा ५ सय २२ र भक्तपुरमा २ सय २२ जना गरी उपत्यकामा ३ हजार ६ सय ६६ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५ सय ७८ जना र भेन्टिलेटरमा १ सय ४२ जना उपचाररत छन् । सोमबार देशभर २ हजार २१ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका २ हजार २१ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ८६ हजार १५ जना पुगेको छ । निको हुने दर ८३.३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ३७ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ ।