२७ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाललाई सहयोग पठाउन बेलायतमा उच्चस्तरिय समिति गठन

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७८, आईतवार १४:२७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्रगत बेलायतस्थित नेपाली समुदायले सहयोग संकलन थालेका छन् ।

सहयोग संकलन कार्यलाई प्रभावकारी बनाउन तथा उठेको सहयोग नेपाल पठाउने प्रायोजनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा एक उच्चस्तरिय समिति गठन गरिएको छ ।

नेपाली दूतावास लण्डनको संयोजनमा शनिवार साँझ (भर्रचुअल) माध्यमद्वारा यहाँस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको संयूक्त बैठकले नेपालमा तत्काल सहयोगको लागि अभियान सुरु गर्ने सो समितिको घोषणा गरेको हो ।

समितिमा गैरआवासीय नेपाली संघका महासचिव डा हेमराज शर्मा, युरोप उपसंयोजक कृष्ण तिमल्सेना, उपमेयर लक्ष गुरुङ, काउन्सिलर जीव बेल्वासे, एनआरएनए यूके संरक्षकहरु, एनआरएनए यूकेका महासचिव फडिन्द्र भट्टराई, कोषाध्यक्ष तेजेन्द्र रोका सहितका पदाधिकारी पनि सदस्य रहनेछन् ।

समितिले परिस्थितिको मुल्यांकन गर्दै सोहीअनुसार सहयोग अभियान अघि बढाउने र आवश्यकताअनुसार विभिन्न उपसमितिहरु गठन गर्न सक्ने भनिएको छ ।

बैठकले विभिन्न संघसंस्थाका पदाधिकारीहरुले झन्डै सवा करोड रुपियाँ सहयोग गर्ने वाचा गर्दै उक्त रकमबाट १ सयवटा अक्सिजन कन्सन्ट्रेटर मशिन किनेर नेपाल पठाउने घोषणा गरेका छन्। संघले आगामी दुई हप्ताभित्र अक्सिजन कन्सन्ट्रेटर मशिन नेपाल पठाउन तयारी गरेको छ ।