२९ असार २०८२, आईतवार
Follow Us

‘अक्सिजन पठाऔँ’ अभियानमा एनआरएन यूकेले उठायो २ करोड

नेपालब्रिटेन डट कम्
५ जेष्ठ २०७८, बुधबार १५:०५


१ सय ५७ वटा कन्सन्ट्रेटरको अक्सिजन प्रतिवद्धता

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्गत बेलायतस्थित नेपाली समुदायको सहयोगमा २ करोड रुपैया संकलन भएको छ ।

गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुगंका अनुसार बुधवार दिउसो सम्म करिब २ करोड भन्दा बढी रुपैयाँको प्रतिबद्धता आएको छ ।

यसअघि नेपाली दूतावास लण्डनको संयोजनमा शनिबार साँझ (भर्चुअल) माध्यमद्वारा यहाँस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको संयूक्त बैठकले नेपालमा तत्काल सहयोगको लागि अभियान सुरु गरेको थियो ।

विभिन्न संघसंस्थाका पदाधिकारीहरुले झन्डै दुई करोड रुपियाँ सहयोग गर्ने वाचा गर्दै उक्त रकमबाट १ सय ५७ वटा अक्सिजन कन्सन्ट्रेटर मशिन किनेर नेपाल पठाउने घोषणा गरेका छन्।

धेरै पढिएको