१८ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए अमेरिका निर्वाचन : वरिष्ठ उपाध्यक्षका उमेद्वार कृष्णजीबी पन्थको लोकप्रियता

नेपालब्रिटेन डट कम्
११ जेष्ठ २०७८, मंगलवार २०:१०

सुरेश कोइराला। न्यूयोर्क। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको वरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्ण जीवी पन्थले राम्रा र असल काम गरेर देखाउने प्रतिवद्धता गर्नु भएको छ। एनआरएनए एनसीसीको चुनावी अभियानमा अमेरिकाका विभिन्न च्याप्टर घुम्ने र छलफल गर्ने क्रममा उहाँले यस्तो प्रतिवद्धता गर्नु भएको हो।

उहाँले आफ्नो उम्मेदवारी स्मरणीय र उल्लेख्य काम गरेर देखाउनको लागि भएको बताउनु भएको छ । अमेरिकामा रहेका विभिन्न च्याप्टरलाई बलियो बनाउँदै विभिन्न संघ संस्थासँग समन्वय गर्दै संस्थालाई विशुद्ध सामाजिक संस्थाको रुपमा विकास गर्ने उहाँको अठोट छ। चुनावको बेला ठूला र मिठा एजेन्डा ल्याउने तर, काम भने नगर्ने अभ्यासले संस्था कमजोर बन्दै गएको टिप्पणी उहाँले गर्नु भएको छ ।

‘हाम्रो मनोवृत्ति चुनावका बेला के के न गर्छु भन्ने यद्यपि काम भने नगर्ने, गफमात्रै गरेर समय बिताउने गरिएको छ,’उहाँले भन्नु भयो ‘अब कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने बेला आएको छ।’ एनआरएनएमा यहि उद्देश्य बोकेर अरुलाई समेत उत्प्रेरणा दिन मैले बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ।’

एनआरएनए एनसीसी यूएसएका उपाध्यक्ष रहनु भएका पन्थले एनआरएनए एनसीसीलाई सबै नेपालीको साझा संस्था बनाउने मात्र नभइ मातृभूमीका लागि पनि नयाँ काम गर्ने संकल्प गर्नु भएको छ।

चुनावी मैदानमा उत्रिएर विभिन्न च्याप्टरको भ्रमण गर्दा उहाँको उम्मेदवारीलाई सबैले सकारात्मक सोचका साथ हेर्नुका साथै विश्वासको मत समेत प्राप्त गर्नु भएको छ। पन्थ जुन च्याप्टरमा पुग्नु हुन्छ, उक्त स्थानमा उहाँले सबैबाट ‘हाई हाई’ र उत्साह पाउनु भएको छ।