२४ बैशाख २०८१, सोमबार
Follow Us

जनसम्पर्क समिति बेलायतले काँग्रेसको कोभिड–१९ कोषमा पठायो ६ लाख ५५ हजार रुपैयाँ

नेपालब्रिटेन डट कम्
१९ जेष्ठ २०७८, बुधबार ०४:३४

लण्डन – नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके)ले नेपालमा विद्यमान स्वास्थ्य संकटबिरुद्द जुध्न ६ लाख ५५ हजार रुपैयाँ नेपाल पठाएको छ ।

केही समयअघि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले विदेशस्थित आफ्ना जनसम्पर्क समितिहरुलाई पार्टीको तर्फबाट नेपालमा कोभिडबिरुद्द लड्न कोभिड–१९ राहत कोष संकलनमा साथ दिन निर्देशन जारी गरेको थियो ।

“बेलायतमा हाम्रा सदस्यहरु र अन्य शुभेच्छुकहरुबाट जम्मा ३३ सय ८२ पाउण्ड जम्मा गर्यौं जुन आजको विनिमयको दरले ५ लाख ५८ हजार हुन गयो । साथै नेपालमा जम्मा भएको ९६ हजार ९ सय ९० रुपैयाँ जोडेर हामीले पार्टीको खातामा ६ लाख ५५ हजार रुपैयाँ आजै जम्मा गरेका छौं”, एनपीसीसी यूकेका कोषाध्यक्ष नोर्बु शेर्पाले नेपाल मामिला लाई बताए ।

यसैबीच, एनपीसीसी यूकेका सभापति युवराज गुरुङले यस पूण्य कार्यको सफल पार्न लागि परेका एनपीसी यूकेका कार्यवाहक सभापति महेश दहाल, महामन्त्री प्रवेश केसी, कोषाध्यक्ष नोर्बू शेर्पा लगायत पार्टीका सदस्यहरु र शुभेच्छुक दाताहरुहरुलाई धन्यवाद ज्ञापन गरेका छन् र भबिष्यमा पनि यस्ता कार्यहरुमा सोही स्तरको सहयोगको अपेक्षा राखेका छन् ।