२४ बैशाख २०८१, सोमबार
Follow Us

मनाङेले दिए मन्त्री पदबाट राजीनामा

नेपालब्रिटेन संवाददाता
२८ जेष्ठ २०७८, शुक्रबार ०२:५९

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार रातिदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका हुन् । विहीबार मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिँदा उनी अनुपस्थित थिए ।

यसैबीच, मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उनलाई पदबाट मुक्त गरेका छन् । उनले आफैले युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने गरी संविधानको धारा १६९ उपधारा (२) को खण्ड (ख) बमोजिम आजैका मितिदेखि लागु हुने गरी पदमुक्त गरेको पत्र प्रदेश प्रमुखसमक्ष पठाएका छन् ।

विहीबार विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री गुरुङ स्वतः पदमुक्त भएका छन् । उनी कामचलाउ सरकारको मुख्यमन्त्रीमा सीमित भएका छन् । संसदमा प्रतिनिधित्व गर्ने ६० सदस्यमध्ये उनको पक्षमा मात्र २७ मत परेको थियो । उनको सरकार टिकाइराख्न बहुमत अर्थात ३१ मत आवश्यक थियो ।