काठमाडौं । काठमाडौंको ठमेलबाट दुई केजी सुन र २४ लाख नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलस्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीय सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् ।
चुनलिन थान डेढ महिनाअघि काठमाडौंमा आएर ठमेलस्थित होटलमा बसेका थिए । चोउ चाहिँ केही दिनअघि मात्र काठमाडौं आएको बताइएको छ ।