२३ बैशाख २०८१, आईतवार
Follow Us

सभामुखको आह्वा‍नमा बानेश्वरमा सर्वदलीय बैठक

नेपालब्रिटेन संवाददाता
२८ जेष्ठ २०७८, शुक्रबार १०:३३

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आयोजनामा संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक सुरु भएको छ । प्रतिनिधि सभा विघटनपछिको परिस्थितिबारे छलफल गर्न सभामुख सापकोटाले बैठक बोलाउनुभएको हो । बैठकमा एमालेको संस्थापन पक्ष अनुपस्थित रहेको छ ।

प्रमुख दलका नेता र पूर्वप्रधानमन्त्रीलाई बोलाइएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायतको उपस्थिति छ ।