२८ बैशाख २०८१, शुक्रबार
Follow Us

पूर्वप्रधानमन्त्री खनालको पोस्ट कोभिड लक्षण

नेपालब्रिटेन संवाददाता
३१ जेष्ठ २०७८, सोमबार ११:१९

काठमाडौँ । अस्वस्थ भई सोमबार (आज) विहान नर्भिक अस्पतालमा भर्ना भएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

खनाललाई हाल आकस्मिक कक्षबाट वार्डमा सारिएको र अक्सिजन सपोर्टमा उपचार जारी राखिएको छ । खनालको अवस्था सामान्य रहेको र रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालको सञ्चार तथा जनसम्पर्क विभागले बताएको छ ।

विगत नौ दिनदेखि ज्वरो आएको र थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि खनाल आज विहान ८ बजे अस्पताल भर्ना भएका थिए ।