२२ बैशाख २०८१, शनिबार
Follow Us

ग्लोबल गोर्खा समाजद्वारा ४० थान अक्सिजन कन्सनट्रेटर सहयोग

नेपालब्रिटेन डट कम्
२ असार २०७८, बुधबार २१:०६

लन्डन । प्रवासमा रहेका गोरखाबासी नेपालीहरुको पहलमा ४० थान अक्सिजन कन्सनट्रेटर नेपाल पुगेको छ । ग्लोबल गोर्खा समाजद्वारा सञ्चालित ‘एक अक्सिजन कन्सनट्रेटर दुई जीवनदान’ अभियान अन्तर्गत संकलित सकमबाट ४० थान अक्सिजन कन्सनट्रेटर नेपाल पठाइएको हो ।

विभिन्न मुलुकस्थित गोरखा समाजबाट संकलित दोस्रो चरणको स्वास्थ्य सामग्री १० लिटर क्षमताका ४० थान अक्सिजन कन्सनट्रेटर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भन्सार कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरि जिम्मा लिइएको ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारीले जानकारी दिए ।

चीनबाट खरिद गरि पठाइएका ती अक्सिजन कन्सनट्रेटर आज ग्लोबल गोरखा समाजका अध्यक्ष अधिकारी र नेपाल प्रमुख विनोद पोखरेलले जिम्मा लिएका हुन् । अध्यक्ष अधिकारीले केही दिनभित्रै गोरखाका विभिन्न हस्पिटललाई ती अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरिने बताए ।

नेपालमा कोरोना महामारी भयावह रुपमा बढिरहेको र अक्सिजन नपाएर अकालमा मृत्यवुरण गरिरहेको घट्नाले दुःखी बनाएपछि अभियान सञ्चालन गरि संकलित रकमले चीनबाट अक्सिजन कन्सनट्रेटर खरिद गरि नेपाल पठाइएको ग्लोबल गोरखा समाजका उपाध्यक्ष तथा स्वास्थ्य विभाग प्रमुख गोर्कण ढकालले बताए ।

ग्लोबल गोरखा समाजले अहिले १ लाख बराबरको लागत पर्ने र २ जना बिरामीका लागि प्रत्यक्ष प्रयोग गर्न सकिने कुल ६६ स्वास्थ्य चौकी र अस्पतालहरुमा कम्तिमा १ स्वास्थ्य चौकी १ अक्सिजन कन्सनट्रेटर, १ प्राथमिक उपचार केन्द्र २ अक्सिजन कन्सनट्रेटर र १ हस्पिटल ४ अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउने उद्देश्यका साथ एक अक्सिजन कन्सनट्रेटर २ जीवनदान अभियान सञ्चालन गरिरहेको छ ।