लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर महिनामा हुने निर्वाचनमा मतदान गर्ने प्रतिनिधिले तिर्नु पर्ने शुल्क पहिले भन्दा घटाएर निर्धारण गरिएको छ ।
संघकोे गत आइतवार वसेको अन्तराष्ट्रिय कार्यकारी सचिवालय बैठकले मध्यपूर्व र मलेसिया बाहेकका मुलुकबाट सहभागीहरुको प्रतिनिधी शुल्क ५० अमेरिकी डलर तोकेको छ । यस अघि प्रतिनिधी शुल्क २ सय अमेरिकी डलर थियो ।
बैठकले मध्यपुर्व र मलेसियाका लागि भने डेलिगेटले तिर्नु पर्ने शुल्क २५ अमेरिकी डलर तोकेको छ ।
संघका महासचिव हेमराज शर्माद्धारा जारी पत्रमा प्रतिनिधिहरुवाट मनोनयन शुल्क वा अन्य प्रकारको शुल्क लिन नपाइने समेत निर्णय भएको उल्लेख छ ।
संघको महाधिवेशनमा तीन हजार भन्दा बढी प्रतिनिधी हुने अनुमान गरिएको छ । अध्यक्ष कुमार पन्तले आफ्नो निर्वाचनका दौरानमा संघको सदस्यता र प्रतिनिधी दर्ता शुल्क गर्ने बाचा गरे पनि संघको पुर्नसंरचना र अग्रगमन बिरोधी समूहले विरोध जनाए पछि रोकिएको थियो ।
संघभित्र प्रतिनिधी निशुल्क गर्ने विषयमा छलफल भए पनि अमेरिका लगायतका देशमा पंन्जिकृत सदस्यहरुको शुल्कनै ३० डलर भन्दा माथि भएको कारणले प्रतिनिधी निशुल्क गर्न प्राविधीक कठिनाई भएको बताएको छ ।
संघको आगामी नेतृत्वको लागि अनलाइन मार्फत निर्वाचन गर्ने संघले तयारी गरेको छ ।