लण्डन । गैरआवासीय नेपाली संघ बेल्जियमको आसन्न निर्वाचनमा कमल सिटौलाले उम्मेदवारी दिने भएका छन् । बेल्जियमस्थित विभिन्न सामाजिक संघ संस्थामा महासचिव, उपाध्यक्ष, सल्लाहकार लगायतका विभिन्न पदहरूमा जिम्मेवारी बहन गरि सकेका, खरो स्वभावका प्रष्ट बक्ता कमल सिटौलाले आगामी कार्यकालको लागि महासचिव पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । उनले आफ्नो उम्मेदवारी सहित ७ बुँदे प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् ।
७ बुँदे प्रतिवद्धता
१) वेल्जियमबासी नेपाली समुदायमा स्वत: स्फूर्त सदस्यता लिने वातावरण तैयार पार्ने। जसको लागि नि:शुल्क सदस्यता लिन पाउने प्राबधानको लागी निर्णय गर्ने/ गराउने।सदस्यता वितरण को समयावधि पर्याप्त राख्ने र हरेक नेपाली लाई सो वारे समय मै सुसुचित गर्ने।
२) स्वत: स्फूर्त सदस्यता ग्रहण गरेका नेपालीबाट मात्र नेतृत्व चयन गर्ने वातावरण बनाउने।
३) बिशेषत: अध्यक्षका प्रत्याशीहरूले आँफै सदस्यता शुल्क हालेर अस्वस्थ प्रतिस्पर्धा गर्न केवल निर्वाचन प्रयोजनकै लागी मात्रै अधिक मात्रमा सदस्यता वितरण गर्ने हाल सम्मको गलत प्रबृतिको अन्त्य गर्ने। हालको online सदस्यता झण्झटिलो भएको हुँदा सजिलो हिसावले सदस्य बन्न सक्ने/ पाउने गरि निति नियम बनाउन हदै सम्म पहल गर्ने ।
४) नेपाली कला सँस्कृतिको वेल्जिक समुदायमा व्यापक प्रचार प्रसार गर्ने, नेपाली नयाँ पिंडीलाई त्यसप्रति सुसुचित गर्दै आकर्षित गराउने, वेल्जियममा बसोवास गर्ने समस्त नेपाली समुदायको हीतमा निरन्तर क्रियाशील रहने।
५) जुन सुकै विचार एवं संस्थामा आस्था राख्ने अध्यक्षका उम्मेद्वार विजयी भएता पनि संस्थाको हीत एवं नेपाली समुदायको एकताको खातिर महासचिव को हैसियतले पूर्ण रूपमा सहयोग गरि कार्यकाल प्रभावकारी रूपमा सफल पार्ने तर पूर्वाग्रही र एकतर्फी ढंगले अगाडी बढ्न खोजे सचेत एवं सजग गराई अनुकुल र सौहार्दपूर्ण वातावरण सिर्जना गर्ने/ गराउने ।
५) सबै विचार, समुदाय र संस्कृतिका नेपाली दाजुभाइ दिदी बहिनीमा मेलमिलाप, एकता, भाइचारा र आपसी सहयोग अनि बिश्वासको वातावरण बनाउन अधिकतम प्रयत्न गर्ने।
६) एनआरएनए भित्र हाल सम्म भएका बिकृति र विसंगति, आर्थिक अपचलन एवं अपारदर्शी गतिविधि बारे सबै नेपाली लाई सुसुचित गरि सुधारको लागी अधिकतम प्रयास गर्ने । एनआरएनए वेल्जियम को राष्ट्रीय समिति मा नेतृत्व गरि सकेका र एनआरएनए को अन्तराष्ट्रीय समितिमा बेल्जियम बाट प्रतिनिधित्व गरि विभिन्न ओहोदामा रहेर काम गरेका अग्रजहरू बाट सदैव सुझाव ग्रहण गर्ने साथै उहाँहरूको सम्मानमा संस्थागत रूपमै सम्मान कार्यक्रम राखिने छ।
७) यूवा पिंडीलाई खेलकूद प्रतियोगिता, सांगितिक कार्यक्रम एवं बिविध बौद्धिक कार्यक्रम मार्फत नेपाल र नेपाली समुदाय प्रति जिम्मेवार र आकर्षित गराउने ।