२६ बैशाख २०८१, बुधबार
Follow Us

‘एनआरएन बेल्जियम’को अध्यक्षमा खडक केसीको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
११ असार २०७८, शुक्रबार १८:५६

इन्दिरा चामलिङ ।

ब्रसेल्स । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमका उपाध्यक्ष खड्क बहादुर केसीले आगामी कार्यकाल २०२१÷२३ का लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएका छन् ।

एनआरएन बेल्जियममा दुई कार्यकाल उपाध्यक्ष भइसकेका केसी अहिलेसम्म एनआरएन बेल्जियमका सम्पूर्ण रूपमा अघोषित अध्यक्षको काम गर्दै समाबेशी, स्वच्छ र साझा एनआरएन बनाउन दिन–रात अहोरात्र खट्ने अभियन्ताको रूपमा परिचित छन् ।

आँखामा राखेपनि नबिझाउने प्रबृत्ति बोकेका डायस्पोराका युबापुस्ताका होनहार उद्यमी, बरिष्ठ उपाध्यक्ष केसी पर्वत समाज बेल्जियम, अन्तर्राष्ट्रिय पर्वत समाज, क्षेत्री समाजका सल्लाहाकार साथै विभिन्न सामाजिक संघ संस्थामा आवद्ध केसी ब्यवसायी संघ बेल्जियममा सचिव र सामाजिक संस्था सांग्रिला समाज बेल्जियममा २ कार्यकाल अध्यक्ष भएर काम समेत गरिसकेका छन् ।

पछिल्लो समय बेल्जियममा रहेका कागज नभएका सबै नेपाली समुदायलाई कोरोनाबिरुद्धको खोप दिलाउन समन्वय गरी सफल हुनु, वैयक्तिक पहुचको आधारमा बेल्जियम सरकार र स्थानीय निकायमार्फत सिंगो नेपाली समुदाय र मुलुकको लागि अनगिन्ती आर्थिक, भौतिकलगायत सहयोग जुटाउन सफल भएकै कारण राजनैतिक खिचातानीमा नपर्ने हो भने उनी सिंगो नेपाली समुदायको निर्बिकल्प उम्मेद्वार हुन् भन्ने बेल्जियमबासीको एउटै बुलन्द आवाज छ ।

उपाध्यक्ष केसीको पहल र सफलता

एनआरएनए बेल्जियमले सन् २०१८ मा आयोजना गरेको हालसम्मकै ऐतिहासिक नेपाल महोत्सवमा संयोजक भएर बेल्जियमको नेपालीको ईतिहासमा अहिलेसम्म कै भव्य कार्यक्रम दर्ज भएको छ । त्यस्तै, नेपालमा भूकम्प गएको बेला रेडक्रस भलाम्स ब्राबान्तमार्फत ३५ हजार यूरो लगभग ४५ लाख नेपाली रुपैया नेपाल पठाउन सफल हुनु भएका थिए ।

त्यस्तै, एनआरएनए एवं मोना बेल्जियममार्फत पनि ठूलो रकम सहयोग गरेका थिए, भने अस्थायी बसोबास (अनुमति नभएका) बेल्जियमका नेपालीहरुलाई अनुमति दिलाउनको लागि निबेदन मागसहित बेल्जियमस्थित अग्रज अभियन्ताहरुको उपस्थितिमा बेल्जियमको प्रतिनिधि सभामा पहल गरेका थिए ।

बिभिन्न कार्यक्रमहरुको संयोजक भएर सफल काम गरेका केसी कोरोना महामारी सुरु हुने बितिकै बेल्जियमस्थित नेपालीहरुलाई साथै मातृभूमि नेपालमा पनि सहयोग गर्ने उदेश्यसहित १० हजार यूरो लगभग १४ लाख नेपाली रकम पहिलो पटक बेल्जियमको स्थानीय निकायबाट एनआरएनए बेल्जियमलाई सहयोग उपलब्ध गराएका थिए ।

सालै एनआरएनए बेल्जियमको नेपालमा अक्सिजन पठाउँ अभियान र अन्य संघ संस्थामार्फत लाखौ रुपैया उठाउनुका साथै आफै व्यक्तिगत सहयोग समेत गरेका छन ।

संगठनको आर्थिक पाटो बलियो हुनुपर्छ भन्ने सोच राखेर सधै काम गर्ने केसी बेल्जियममा सबै नागरिकहरुले अनिवार्य गर्नुपर्ने स्वास्थ्य बीमा सबैभन्दा राम्रो र सस्तो पत्ता लगाएर संस्थागत सहकार्य गरि बेल्जियमस्थित नेपालीहरुलाई एकीकृत गर्दे मुनाफा दिने गरी संस्थाको आर्थिक पक्ष बलियो बनाउने कामको सुरुआत गर्दै पहिले पटक नै एनआरएन बेल्जियमलाई ७ हजार भन्दा बढी यूरो बोनस पाइसकेको छ भने सबै नेपालीहरुले साथ दिने हो भने संघले १ करोड नेपाली रुपैया भन्दा बढी आम्दानी गर्न सक्नेछ ।

यो काम पनि खडक केसी कै पहलमा भएको नेपाली समाजमा घाम जतिकै छर्लङ्ग छ ।

बेल्जियम बसोबास अनुमति नभएका नेपालीहरुलाई कोरोनाको निःशुल्क खोपको लागि ब्यवस्था

नेपाली ब्यवसायी संघ बेल्जियका सचिब समेत रहेका केसी मार्फत अर्को नयाँ अभियानबाट सबैभन्दा सहज र सहुलियत पर्ने सवारी ईन्धन कार्ड प्राप्त गर्न सकिने र जसबाट संस्था र कार्ड प्रयोग कर्ता दुबैलाई फाइदा हुने कामको सुरु भएको छ ।

बिभिन्न मुलुकबाट बेल्जियममा आई अस्थाई बसोबास गर्ने सबै नेपालीहरुको सहयोगार्थ कोरोनाको निःशुल्क खोपका लागि पनि स्थानीय निकायसँग समन्वय गरि धेरै नेपालीहरुको बधाईको पात्र बनेका छन् ।
सफल व्यावसायी तथा सामाजिक अभियन्ता केसी स्वच्छ छवि भएको व्यक्तित्वको रुपमा यूरोपको राजधानी बेल्जियमको समाजमा परिचित छन् । आफ्नो गाउँदेखि तराईको सुकुम्वासी गाउँसम्म कम्पुटरहरु तथा अहिलेको प्रबिधि प्रयोगमा सहयोग गर्ने सामाजिक कार्यक्रममा सदैव सक्रिय उनी परोपकारी काममा दिनरात खट्ने व्यक्ति हुन् ।

के भन्छन् त खडक केसी ?

‘सामजिक कार्यमा हामी निस्वार्थ भावनाले लाग्नुपर्छ । एनआरएनए पनि एउटा गैर नाफामुलक परोपकारी संस्था हो । मैले दुई कार्यकाल उपाध्यक्ष भएर बिभिन्न कार्यक्रमहरुको संयोजक भएर काम गरिसकेको छु ।

अग्रजहरुको सल्लाह र साथी भाईहरुको सुझाबमा मैले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ । १७–१९ को निर्वाचनमा बेल्जियमवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले उपाध्यक्ष भएर सेवा गर्ने मौका दिनुभएको थियो, त्यसरी नै यस पटक पनि मलाई सेवा गर्ने मौका दिनुहुनेछ भन्ने मैले पुर्ण विश्वास लिएको छु ।

मेरो काम गर्ने शैली, स्वभाव सक्रियतालाई र मेहेनतलाई बेल्जियमवासी नेपालीहरुले बुझ्नुभएको छ । सर्बसम्मत हामी सबैको चाहना हो तर सर्बसम्मत हुन नसकेको खण्डमा प्रजातान्त्रिक पद्दतीवाट निर्वाचन गर्नुपर्ने हुन्छ ।

गैर आवासीय नेपाली संघ बेल्जियमका संपूर्ण पूर्व अध्यक्ष एवं अभियन्ता ज्यूहरु साथै बिभिन्न सामाजिक, बैचारिक, जातिय, क्षेत्रीय सबै संघसंगठनहरूको पूर्ण समर्थन रहने आशा र विश्वास लिदै सबैमा सहयोगको लागि अनुरोध गरेको छु ।’

बेल्जियममा नेपालीहरुको आफ्नै सांस्कृतिक भवनको काम केसीबाट मात्र सम्भव !

यूरोपियन सोलिडारिटी फन्डमा नेपालको नाम दर्ज गर्न उच्चस्तरीय पहलमा छन् केसी । यो कार्यमा बेनेलक्स र यूरोपियन युनियनका लागि राजदुत गेहेन्द्र राजभण्डारीसंग समेत समन्वय र सुझाबको लागी अनुरोध गरिसकेको उनको भनाइ छ ।

बेल्जियममा बसोबास गर्ने नेपालीहरूको सबैभन्दा महत्वाकान्छी चाहना र माग नेपाली सास्कृतिक भवनको जग्गा खरिद र निर्माण गर्न व्यक्तिगत तवरबाट सम्पूर्ण भित्री तयारी केसीले गरेका छन् ।

केसीले करिब एक दशक अगाडि भवनका लागि करोड माथिको रकम दिने बाचा गरेका अभियन्ताहरूबाट सबै रकम उठ्न नसकेपनि केही प्रतिशत दिन आग्रह गर्ने र भवन अथवा जग्गा खरिद गरि यो अभियानलाई मूर्तरूप दिने बाचा गरेका छन् ।

जसको कारण पनि केसीको पहलबाट मात्रै यो काम सम्भव हुने देखिएको छ । नेपालीहरुबाट मात्र नभई अन्य आर्थिक श्रोत जुटाउन सक्ने संभाबना भएको र त्यसको श्रोतको निमित्त पूर्ण तयारी रहेको उनको भनाइ छ ।

बेल्जियम एनआरएन अध्यक्षमा तीन जनाको दाबी

केही समयपछि घोषणा हुने बेल्जियमको निर्वाचनमा केसीको दाबेदारीसंगै संघका वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य ब्यबशायी अनुजा प्रधान र अर्का दाबेदार सीपी भट्ट रहेका छन् भट्ट । प्रधान सबै बेल्जियमका ब्यवसायी हुन्, भने भट्ट अघिल्लो एनसीसीमा मनोनित कार्यसमिति सदस्य हुन् ।