२५ जेष्ठ २०८१, शुक्रबार
Follow Us

माल्टामा ३० वर्षीय एक नेपाली मोटरसाइकल दुर्घटनामा

नेपालब्रिटेन डट कम्
१२ असार २०७८, शनिबार १९:४८

माल्टा। माल्टामा ३० वर्षीय एक नेपाली युवा सडक दुर्घटनामा घाइते भएका छन्।

२३ जुन बुधबार स्थानीय समयअनुसार बिहान साढे ११ बजे दुर्घटना भएको हो। दुर्घटना ट्रिक–इल–बिरा सान गुजेप, हाम्रुनमा भएको स्थानीय मिडियाले जनाएको छ।

प्रहरीका अनुसार पिडित नेपाली किम्को मोटरसाइकलमा सवार थिए। उनलाई निसान गाडीले ठक्कर दिएको हो। गाडी ५३ वर्षीय व्यक्तिले चलाइरहेका थिए। उनी मर्सस्कलाबाट निसान गाडीमा आइरहेको बेला घटना भएको हो।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका नेपाली युवालाई कोरमीको मेडिकल टिमले उपचार गरी थप उपचारको लागि मटेर देई अस्पतालमा भर्ना गरिएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।