लण्डन । गैरआवासीय नेपाली संघ अमेरिकाका एक जना आयुक्त प्रलोभनमा परेर अवैध रुपमा निर्वाचन प्रकृया अघि बढाउदा विवाद सृजना भएको छ ।
गैरआवासीय नेपाली संघ अमेरिकाका प्रवक्ता ओम भट्टराईका अनुसार आयुक्त मध्येका एक बासु फुलेराले संघको केन्द्रीय प्रतिनिधि चयन गर्ने निर्वाचन प्रकृयाअघि बढाउने क्रममा प्रलोभनमा परी पदको दुरुपयोग गरेका हुन् ।
प्रवक्ता भट्टराईले आइतवार जारि गरेको विज्ञप्तिमा प्रमुख निर्वाचन आयुक्त बिदामा रहेको मौका छोपेर उनले निर्वाचन प्रकृया अघि बढाएको उल्लेख छ । उनले फुलेरा रहेको समिति स्वतः अवैध रहेको प्रष्ट पारेका छन् । एनआरएनए अमेरिकाले आधिकारिक निर्वाचन समितिको डा। राजन पन्त (संयोजक) र सदस्यहरु शंकर खड़का, बिकास उप्रेतीलाई तोकेको छ ।
विज्ञप्तिको पूर्णपाठ
एनआरएन अमेरिका बाट आईसीसी डेलिगेट्स को लागि आइसीसी बाट प्राप्त खुल्ला २५५ कोटा सबै २० हजार सदस्यहरुको लागि हो, त्यसमा खुल्ला प्रतिस्प्रदा हुनेछ । त्यस कोटा मा कसैको पनि गिद्दे दृष्टि हुनु हुदैन ।
वर्तमान निर्वाचन आयुक्त बिदामा रहेको मौका छोपी का।मु आयुक्त फुलेरा जी ले प्रलोभनमा परी पदको दुरुपयोग गरी बिधान विपरीत निर्वाचन गर्न लागेको हुनाले , त्यो प्रक्रिया रोकी एनआरएन एनसीसी अमेरिका ले आइसीसीको बिधान र सहमति अनुसार आईसीसी डेलिगेट्स निर्वाचन सम्पन्न गर्न ३ सदस्यीय समिति बनाई सकेको र उक्त समितीले भोली बाट आवेदन लिने हुदा सबै सदस्य ज्युहरु ले डा राजन पन्त (संयोजक), शंकर खड़का, बिकास उप्रेती सदस्य रहेको समिति ले गर्ने निर्वाच मा भाग लिनु हुन अनुरोध गर्दछु ।
मिस्टर फुलेरा जी को कमेटीले गरेको निर्वाचन वैध नहुने हुदा उनका कुरा र क्रियाकलाप लाई बेवास्ता गरी दिनु हुन जानकारी गराऊदछु ।
एनआरएन एनसीसी अमेरिकाको आइसीसी डेलिगेट्स निर्वाचन को लागि आधिकारिक निर्वाचन समिति डा राजन पन्त (संयोजक), शंकर खड़का (सदस्य), बिकास उप्रेती (सदस्य)
आवेदन भोलीबाट खुल्लास् अमेरिका भरी का सबै सदस्यहरुको बरावर अधिकार ।
ओम भट्टराई
प्रवक्ता, एनआरएन अमेरिका