क्यानाडा । क्यानाडाले नेपाललाई कोभिड–१९ को उपचार तथा रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री नेपाल पठाउन अन्तर्राष्ट्रिय विकास मन्त्री माननीय करिना गोल्ड र स्वास्थ्य मन्त्री माननीय प्याट्टी हजदूले जुन २४ मा घोषणा गरेका छन ।
कोभिड-१९ महामारी विरुद्ध नेपालको लडाईंमा सहयोगका लागि क्यानडा सशस्त्र सेनाले बिशेष बिमानबाट जुन २७ मा नेपाल सरकारलाई हस्तान्तर गर्ने गरी भेन्टिलेटर एवं पीपीई लगायतका उपकरण तथा स्वास्थ्य सामाग्री नेपाल पठाउने घोषणा गरेको हो ।
नेपालका लागि २७ थान भेन्टिलेटर र १६००० थान भन्दा बढी पीपीई क्यानाडाको राष्ट्रिय आपातकालीन रणनीतिक स्टकपाइलबाट प्राप्त पठाएको क्यानाडा सरकारले जनाएको छ।
क्यानडा सरकारले अन्तर्राष्ट्रिय साझेदारहरूसँग महामारीको कारण हुने महत्वपूर्ण आवश्यकताहरूको प्रतिक्रिया दिन र जीवन बचाउन हरपल मद्दत पुर्याउँने जनाएको छ । क्यानडाले यस अघि पनि युनिसेफमार्फत् ६०० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई उपलव्ध गराउनुका साथै रेडक्रसमार्फत बिभिन्न सहयोग गर्दै आईरहेको छ ।