९ श्रावण २०८२, शुक्रबार
Follow Us

बंगलादेशमा भोलिदेखि कडा खालको लकडाउन

नेपालब्रिटेन संवाददाता
१३ असार २०७८, आईतवार ०८:५२

बंगलादेशमा भोलिदेखि कडा खालको लकडाउन हुने भएको छ । कोरोना संक्रमण नघटेको भन्दै बंगलादेशले भोलिदेखि एक साता कडा खालको लकडाउनको घोषणा गरेको हो ।

दैनिक रुपमा संक्रमण बढ्दै गएकाले देशव्यापी रुपमा कडा लकडाउनको तयारी गरिएको सञ्चार माध्यमहरुले जनाएका छन् । लकडाउनको अवधिमा आपत् नपरेसम्म कसैलाई पनि घर छोड्ने अनुमति नदिइने बताइएको छ । सबै सार्वजनिक तथा निजी कार्यालय एवं अदालत बन्द रहनेछन् । लकडाउनमा औद्योगिक क्षेत्र भने आलोपालो गरी चल्ने बताइएको छ ।

बङ्लादेशमा अहिले संक्रमित हुनेको संख्या बढेको र धेरैलाई भारतमा पहिलो पटक देखा परेको डेल्टा भेरिअन्ट भएको बताइएको छ । बङ्लादेशमा संक्रमणको पछिल्लो लहर करिब छ हप्ता अगाडि सुरु भएको हो ।

अहिले सबै अस्पतालहरु बिरामीले भरिभराउ भएको र भारतसँग सीमा जोडिएका अस्पतालहरूमा झन् बढी समस्या भएको बताइएको छ । लकडाउन हुने भएपछि अहिले राजधानी ढाका छाडेर अन्य सहर तथा गाउँ जानेहरुको भिड लागेको छ ।

धेरै पढिएको