काठमाडौं । उपत्यकामा सार्वजनिक यातायात पनि जोरविजोरमा चलाउने तयारी सुरु भएको छ । निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल भए पनि थप क्षेत्र खुला गर्ने वा नगर्ने भन्ने विषयमा निष्कर्षमा पुग्न नसकेकाले उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको आइतबारको बैठक रोकिएको थियो ।
पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि सोमबार राति १२ बजेपछि सकिँदैछ । उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।