२३ बैशाख २०८१, आईतवार
Follow Us

विपक्षी गठबन्धन आज नागरिक समाजसँग

नेपालब्रिटेन संवाददाता
१४ असार २०७८, सोमबार ०४:३९

काठमाडौं । विपक्षी गठवन्धनका शीर्ष नेताले आज लेखक, नागरिक समाज तथा बुद्धिजीवीहरूसँग अन्तर्क्रिया गर्ने भएका छन । गठबन्धनका शीर्ष नेताहरूले सोमबार २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा लेखक, नागरिक समाज र बुद्धिजीवीहरूसँग पनि अन्तर्क्रिया गर्ने भएका हुन् ।

मुलुकको वर्तमान राजनैतिक अवस्थाकाबारेमा छलफल गर्न विपक्षी गठबन्धनका शीर्ष नेताहरुले आज लेखक, नागरिक समाज र बुद्धिजीवीहरूसँग अन्तर्क्रिया गर्न लागेका हुन ।

यसअघि बिहिवार विभिन्न मिडियाका सम्पादक तथा शनिवार राजनीतिक बिट हेर्ने सञ्चारकर्मीसँग अन्तर्क्रिया गरेका थिए । पाँच दलीय गठवन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ७ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि उक्त कदमलाई असंवैधानिक भन्दै आन्दोलनमा उत्रिएका छन् ।

विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी तथा संसद् पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत छन् ।