काठमाडौ । नेपालमा शुक्रबार थप २ हजार २ सय ९९ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ५ सय ६६ वटा पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ९१ जना र ४ हजार ३० एन्टीजेन परिक्षणका क्रममा थप ९ सय ८ जनामा कोरोना पुष्टि भएको हो ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७८ हजार ८ सय ८ पुगेको छ । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ३४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ९ हजार १ सय ७९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप ३ हजार ४ सय ५१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३ हजार ६ सय जना कोरोनामुक्त भएका छन् ।
हाल नेपालमा २९ हजार २ सय ७४ सक्रिय संक्रमित आइशोलेशन र २ सय ९९ जना क्वारेन्टाइनमा छन् । हालसम्म संक्रमण पहिचानका लागि ३३ लाख ५७ हजार ८ सय २९ वटा नमुना पिसिआर र १ लाख ९६ हजार ६ सय ९६ वटा नमुना एन्टीजेन विधिबाट परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।