फ्रान्सले औपचारिक रूपमा प्यालेस्टाइनी राज्यलाई स्वीकार गर्ने भएको छ । फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले सेप्टेम्बर महिनामा न्यूयोर्कमा हुने संयुक्त राष्ट्र सङ्घको महासभामा औपचारिक रूपमा सो कुरा राख्ने सामाजिक सञ्जाल मार्फत् जानकारी दिएका हुन् । उनले गाजामा तत्काल राहत उपलब्ध गराउन तथा युद्ध विराम आवश्यक भएको समेत बताएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार म्याक्रोनले हमासको निःशस्त्रीकरणको ग्यारेन्टी गर्न तथा मध्यपूर्वमा शान्ति स्थापना गर्नका लागि इजरायलको प्रतिविद्धताका लागि पहल आवस्यक रहेकोपनि बताएका छन । म्याक्रोनले प्यालेस्टाइनी अथोरिटीका प्रमुख मोहम्मद अब्ब्बासलाई यस बारेमा पत्र लेखिसकेको बताइएको छ ।
प्यालेस्टाइनी अधिकारीले म्याक्रोंनको निर्णयलाई स्वागत गरेका छन् । म्याक्रोंनको घोषणामा प्रतिक्रिया दिँदै अब्बबासका सहायक हुसेन खल सेखले यसले अन्तर्राष्ट्रिय कानून मूल्य र मान्यतालाई सम्मान गरेको प्रतिक्रिया दिएका हुन् ।
इजरायलले भने हमासको आतङ्कलाई पुरस्कृत गरेको प्रतिक्रिया दिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सामाजिक सञ्जालमा लेख्दै यस निर्णयको आलोचना गरेका हुन् ।