एनआरएनए यूके निर्वाचन समितिको विस्तार भोलि हुने
लन्डन । गैर आवासीय नेपाली संघ युकेको साधारणसभा १८ जुलाईमा हुने भएको छ ।
महासचिव फडिन्द्र भट्टराईका अनुसार गैरआवासीय नेपाली संघ यूकेको शुक्रवार साँझ बसेको बैठकले संघको साधारणसभा १८ जुलाईमा र निर्वाचन ३१ जुलाईमा गर्ने निर्णय गरेको हो ।
संघकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा बसेको बैठकले आगामी निर्वाचन अनलाइन मार्फत गर्ने औपाचारिक निर्णय समेत गरेको छ ।
यसअघि संघको निर्वाचन सम्पन्न गर्न पूर्वअध्यक्ष महेन्द्र कंडेलको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको थियो । बैठकले सो समितिलाई विस्तार गर्ने अधिकार संयोजक कंडेललाई दिएको छ ।
बैठकले आगामी निर्वाचनमा उम्मेदवार हुनेहरुको लागि उम्मेदवारी शुल्क समेत तय गरेको छ । उम्मेदवारी शुल्क गत निर्वाचनमा तोकिए बमोजिमनै हुने गैरआवासीय नेपाली संघ यूकेले जनाएको छ ।
गैरआवासीय नेपाली संघ युके (एनआरएनए) को पद तथा उम्मेदवारी शुल्क निम्न बमोजिम हुनेछ ।
अध्यक्ष, १५०० पौण्ड,
उपाध्यक्ष, ११०० पौण्ड,
महासचिब, ११०० पौण्ड,
सचिब, ८५० पौण्ड,
कोषाध्यक्ष, ८५० पौण्ड,
सहकोषाध्यक्ष ८०० पौण्ड,
युवा संयोजक ८५० पौण्ड,
महिला संयोजक ८५० पौण्ड,
सदस्य पद ४५० पौण्ड,
अन्तराष्ट्रिय परिषद सदस्य पदका लागि १५०० पौण्ड गर्ने निर्णय भएको छ । त्यसैगरी स्कटल्याण्ड, वेल्स, नर्दन आयरल्याण्ड र इंग्ल्याण्ड राज्य समन्वय परिषदको देहाय बमोजिम पद तथा उम्मेदवारी शुल्क रहने छ ।
अध्यक्ष, ४५० पौण्ड,
उपाध्यक्ष, ३०० पौण्ड,
सचिब, २०० पौण्ड,
सहसचिब, १५० पौण्ड,
कोषाध्यक्ष, २०० पौण्ड,
सहकोषाध्यक्ष, १५० पौण्ड,
सदस्य, १०० पौण्ड,