२० जेष्ठ २०८१, आईतवार
Follow Us

काँग्रेस क्रियाशिल सदस्यता बितरणमा सहमति

नेपालब्रिटेन संवाददाता
१९ असार २०७८, शनिबार ०५:४८

काठमाडौँ । महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसको क्रियाशिल सदस्यता बितरणमा नेताहरुबीच सहमति भएको छ ।

पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशिल सदस्यता बितरणमा देखिएको समस्या सहमतिमा नै टुङ्गाउने निर्णय गरेको पार्टीका नेता एवम क्रियाशिल सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले जानकारी दिनुभयो ।

अन्य दलबाट कांग्रेसमा समाहित भएका दलका सदस्यको नविकरण पनि सहमतिमा नै गरिने उहाको भनाइ छ । नेता लेखकले हालसम्म ४ लाख सदस्यले सदस्यता नविकरण गरेको र करिब ४ लाख जनाले नयाँ सदस्यता लिएको बताउनुभयो।

नेपाली काँग्रेसको वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेसन साउनबाट शुरु भएर भदौमा सकिने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ ।