२७ बैशाख २०८१, बिहीबार
Follow Us

मुग्लिन नारायणगढ सडकखण्ड सुचारु

नेपालब्रिटेन संवाददाता
१९ असार २०७८, शनिबार ११:५७

धादिङ । अविरल वर्षापछि आएको पहिरोले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० जवाङ्खोलामा सडकमाथिबाट खसेको ढुंगाले किचेर २ जनाको मृत्यु भएको छ ।

मुग्लिनबाट काठमाडौँ जादैँ गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमाथि पहिरोसँगै ढुंगा खस्दा सहचालक चितवन भण्डाराका दोर्जे भनिने बिरबल प्रजाको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी महेन्द्र खड्काले बताएका छन् । यस्तै पहिरोले ट्रकमै सवार अर्का एक जना सुदीप प्रजा घाइते भएका छन् भने चालक सकुशल छन् । खड्का अनुसार भारत घर भएकी ४३ वर्षीया सोनी देवीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ ।

सोनी चढेको गाडी पनि पहिरोमा परेको थियो । पहिरोले लागेपछि सोनी देवी घाइते भएकी थिइन् । उनलाई गण्डकी अस्पतालमा उपचारको लागि लगिएको थियो । उपचारको क्रममा शनिबार बिहान ६ बजे मृत्यु भएको थियो । पहिरोले ५ वटा गाडीमा क्षति पुऔयाएको छ । जस अनुसार बा १२ च ७१५६ नम्बरको म्याजिक, ना७ख ३२० नम्बरको ट्रक, टीएन २८ एए ०१२० नम्बरको भारतीय ट्रक, बा १ ग २८३१ नम्बरको ट्रकमा पहिरोले क्षति पुऔयाएको छ । पहिरोले अवरुद्ध बनेका राजमार्ग अहिले एकातर्फी खुलेको छ । मृत्यु भएका प्रजाको सनाखत गरिएको छ । पहिरो हटाउने कार्य भइरहेको छ ।

यसैबीच नारायणगढदेखि काठमाडौंसम्म सात स्थानमा गएको पहिरोका कारण अबरद्ध सडक सुचारु भउको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सत्रकिलो, पाँचकिलो, चारकिलो र जलवीरे तथा भरतपुर महानगरपालिका–२९ को सेती दोभानमा ठूलो पहिरो खसेको थियो । अहिले चौधकिलोमा एकतर्फी मात्र सवारी संचालनमा आएको मुगलिन प्रहरीले जनाएको छ ।