२७ बैशाख २०८१, बिहीबार
Follow Us

‘पत्रकारको चरित्र हत्या गर्ने एनआरएनए आइसीसीलाई निलम्बन गर्न माग’

नेपालब्रिटेन डट कम्
१९ असार २०७८, शनिबार ११:५९

लण्डन नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल ईन्जा ग्लोबलले गत आइतबार एउटा प्रत्यक्ष कार्यक्रमका क्रममा पेरिसबासी पत्रकार अनुराधा पौडेलमाथि भएको दुर्व्यवहारको निन्दा गरेको छ।

एनआरएनए अन्तर्गतको संस्कृति तथा सम्पदा उपसमितिद्वारा गत आइतबार युरोपमा आयोजित एनआरएन द सिंगर कार्यक्रमबारे जानकारी गराउन भर्चुअल पत्रकार सम्मेलन आयोजना गरिएको थियो। कार्यक्रम चलिरहँदा एनआरएनका आइसीसी सदस्य प्रेम पोमुले पत्रकार पौडेललाई गालीगलौज गर्न सुरु गरेका थिए।

इन्जा ग्लोबलले प्रत्यक्ष चलिरहेको कार्यक्रममा कुनै महिला पत्रकारमाथि भएको दुर्व्यवहार सामान्य नभएको जनाएको छ। इन्जाले पोमुलाई एनआरएनए आइसीसी सदस्यबाट निलम्बन गरी क्षमा याचना गर्न एनआरएनसँग माग गरेको छ।

जर्मनीको ह्याम्वर्ग शहरमा बसोबास गर्ने पोमु यसअघि त्यहाँका जातिय संस्थाहरुसँग आवद्द थिए। जर्मनीका उद्यमी कुमार पन्त एनआरएनको पछिल्लो महाधिवेशनमा निर्वाचित भएपछि पन्तले नै पोमुलाई आइसीसी सदस्यमा मनोनित गरेका हुन्।