२७ बैशाख २०८१, बिहीबार
Follow Us

निषेधाज्ञा खुकुलो भएसंगै कोरोना सक्रमणकाे दर उकालो लाग्दै

नेपालब्रिटेन संवाददाता
१९ असार २०७८, शनिबार १२:१६

काठमाण्डौ- कोरोना सक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो भएसंगै संक्रमणको दर पुनः बढ्न थालेको छ ।

केहि साता अघि सम्म नयाँ संक्रमितको संख्या कम देखिएको पनि एक साता यता भने संक्रमण दर पु्नः बढ्न थालेको छ । तथ्यांक केलाउदा एक साता यता कोरोना संक्रमणको दर बढेको देखिन्छ । काठमाडौं उपत्यकासहित देशभर निषेधाज्ञा खुकुलो भएसंगै कोरोना महामारी पुनः फैलन सक्ने जोखिम बढेको छ । स्वास्थ्य मनत्रालयको तथ्यांक अनुसार सबै भन्दा कम संक्रमित असार १३ गते देखिएको थियो ।

त्यस दिन १ हजार ९ सय २० संक्रमित भेटिएका थिए । तर त्यसपछि संक्रमितको संख्या लगातार बढ्दै गएको देखिन्छ । कोरोना संक्रमण दर घटेर १९ दशमलव ५२ प्रतिशत पुगेकोमा हाल २५ दशमलव १३ पुगेको छ । निशेषाज्ञा खुकुलो गरिएसंगै सावर्जनिक स्थामा चहलपहल समते बढेको छ । तर स्वास्थ्य मन्त्रालयले भने स्वास्थ्य मापदण्डलाई हेलचक्राई नगर्न आग्रह गरेको छ । कोरोना भइरसका विभिन्न भेरिन्ट मध्ये डेल्डा संस्करण बढि संक्रामक मानिएको छ ।

अझ नेपालमा डेल्टा पनि उत्परिवर्तित भएर बनेको नयाँ स्वरुप समेत देखा परेको छ । नयाँ स्वरुपको भाइरस कति घातक छ भन्ने विशषमा भने अध्ययन अनुसन्धान भई रहेका छन् । यद्यपी नयाँ भाइरसको स्वरुपको जोखिम कायम रहेका कारण आम नागरिक आफै पनि सचेत र जागरुक हुन आवश्यक रहेको विज्ञहरुको भनाई छ । केही हप्ता अगाडी भर्ना हुने संख्या अस्पतालमा घटेको देखिए पनि आजभोलि भने अस्पतालका आइसीयुमा भर्ना हुने कोरोना संक्रमितको संख्या फेरी बढ्न थालेको तथ्य बाहिर आएका छन् ।

यस्तो अवस्थामा कोरोना संक्रमण कम भएको तथा निशेषज्ञा खुकुलो बनाएको भन्दै हेलचक्राई गरेको अवस्थामा भविष्यमा नसोचेको क्षती नहोला भन्न सकिन्न ।