२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए अमेरिकाः केशव पौडेल समूहद्धारा अध्यक्ष शाहमाथि हातपात (भिडियो)

नेपालब्रिटेन डट कम्
१९ असार २०७८, शनिबार २३:२४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको साधारणसभामा हातपात भएको छ ।

शनिवार सम्पन्न साधारणसभामा कार्यसमितिका सदस्यहरुको सपथ लिने विषयमा संघका पूर्वअध्यक्ष केशव पौडेल समूहले होहल्ला गरेको थियो ।

उद्धघाटनसत्रमा आफ्ना व्यक्तिलाई बोल्न नदिएको झोकमा पौडेलले अध्यक्ष सुनिल शाहमाथि हातपातको प्रयास गरेको कार्यक्रम स्थलमा रहेका एक संचारकर्मीले नेपालब्रिटेन डट कमलाई जानकारी दिए । साधारणसभामा हातपात भए पछि कार्यक्रम हलमा सेक्युरिटी परिचालन गरिएको थियो ।

विवादका बीच नवनिर्वाचित कार्यसमितिका अध्यक्ष बुद्धि सुवेदीले सपथ लिएका छन् । साधारणसभामा अमेरिकास्थित बिभिन्न क्षेत्रका नेपालीहरु न्यूयोर्कमा जम्मा भएका थिए ।