२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए यूके निर्वाचन समिति विस्तार

नेपालब्रिटेन डट कम्
२१ असार २०७८, सोमबार १८:५४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन समिति विस्तार भएको छ ।

निर्वाचन समितिका संयोजक महेन्द्र कंडेलले समितिमा थप ४ जनालाई सोमवार मनोनयन गरेका हुन् ।

समितिको सदस्य सचिवमा कर्ण बहादुर शाही र सदस्यहरुमा सुबास सिंह गुरुङ, राजु थापा र पशुपति पोख्रेल रहेका छन् ।
समितिको सल्लाकारमा रामशरण सिम्खडा रिटार्यड लेफ्टेन चन्द्र गुरुङ, क्याप्टेन राजु गुरुङ, भोला खनाल र प्रवेश केसी छन् ।

संघको निर्वाचन जुलाई ३१ तारिखमा हुदैछ । नंया नेतृत्वको लागि हुने निर्वाचनमा रोजीना प्रधान राई, दिपक श्रेष्ठ र प्रेमगाहा मगरले उम्मेदवारी घोषणा गरेका छन् ।