२९ असार २०८२, आईतवार
Follow Us

प्रा. डा. सूर्यप्रसाद सुवेदीलाई राष्ट्रिय-अन्तरराष्ट्रिय दुई नियुक्ति

नेपालब्रिटेन डट कम्
२१ असार २०७८, सोमबार १९:०३

लण्डन । बेलायतस्थित प्रा डा सूर्य प्रसाद सुवेदी (क्युसी) लाई दुई राष्ट्रिय र अन्तरराष्ट्रिय जिम्मेवारीमा नियुक्ति भएको छ।

नेपाल सरकारले स्थापना गरेको नीति अनुसन्धान प्रतिष्ठानले उनलाई “राष्ट्रिय हित, पररास्ट्र नीति तथा रणनीतिक मामिला” विधाको “विशिष्ट विज्ञ” को रूपमा नियुक्ति गरेको हो । २०७८ श्रावण एक गते देखि लागू हुने गरि तीन बर्षका लागि नियुक्ति गरिएको सुवेदीले जनाए ।

नेपाल सरकारलाई राष्ट्रको नीति निर्माणमा प्रमाण (अनुसन्धान) मा आधारित सल्लाह सुझाव उपलब्ध गराउन उक्त प्रतिष्ठान तीन बर्ष अघि स्थापना भएको थियो ।

गत बर्ष पनि नेपाल सरकारले प्रा सुवेदीलाई नेपाल-भारत सीमा सम्बन्धि विज्ञ समूहको सदस्यमा नियुक्त गरेको थियो । उक्त विज्ञ समूहले आफ्नो प्रतिबेदन नेपाल सरकारलाई बुझाई सकेको छ।

त्यसैगरि, चीनको आर्थिक तथा व्यापार मध्यस्थता आयोगले उनलाई पाँच बर्षका लागि मध्यस्तकर्ताको रूपमा नियुक्ति गरेको छ।

चीनको उक्त आयोगले वैदेशिक व्यापार र वैदेशिक लगानी सम्बन्धि विवादहरु सुल्झाउने काममा अग्रणी भूमिका निर्वाह गर्दछ।

अक्सफोर्डको हार्ट प्रकाशन गृहले प्रकाशन गरेको प्रा सुवेदीको अन्तरराष्ट्रिय लगानी कानून सम्बन्धि किताब चिनिया भाषामा अनुवाद भइ पांच बर्ष अघि चीनमा प्रकाशन भएको थियो ।

धेरै पढिएको