२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए नेदरल्याण्डः २२ जनाको उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयुक्त बर्खास्त, अधिवेशन स्थगित

नेपालब्रिटेन डट कम्
२६ असार २०७८, शनिबार १४:५९

नेदरल्याण्ड । गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्डले निर्वाचन संयोजकलाई बर्खास्त गरेको छ।

गैरआवासीय नेपाली संघ नेदरल्याण्डका महासचिव संघर्षशील केसीका अनुसार निर्वाचनको लागि उम्मेदवारी दिएका ३६ उम्मेदवार मध्ये २२ जनाको उम्मेदवारी एक पक्षीय रुपमा खारेज गरे पछि संयोजक फडिन्द्र पन्त बर्खास्त भएका हुन् ।

केसीका अनुसार ११ जुलाई आइतबारका दिन तय भएको अधिवेशन स्थगित भएको छ ।

‘निर्वाचित समितिले आचारसंहिताको कारण देखाउँदै नियोजित ढंगले मनोमानी गतिविधि गरेपछि समिति खारेज गरिएको हो ।

संघर्षशील केसीले निर्वाचित समितिले नियमविपरित काम गरेकोले अधिवेशन स्थगित गरिएको जानकारी दिए । उनले कार्यसमितिले निर्वाचन समिति खारेज गरेर नयाँ बनाउन लागेको जानकारी दिए ।

एनआरएनए नेदरल्याण्डको अस्तित्वनै मेटाउने कार्य गरेपछि कार्यसमितिले नयाँ निर्वाचन समिति गठन गर्न लागेको केसीले भने ।

उता निर्वाचन समिति संयोजक फणिन्द्र पन्तले भने अधिवेशन स्थगित नभएको बताएका छन् । उनले समिति खारेज पनि नभएको दावी गरे । पुरानै समितिले काम गरिरहेको र नियम अनुसार पूर्वतः मितिमै अधिवेशन गरिने उनको भनाइ छ । एनआरएनए अभियानमा लामो समय संलग्न पन्त विवादमा तानिए पछि उनको नेतृत्वदायी क्षमतामा समेत प्रश्न उठेको छ ।