२९ असार २०८२, आईतवार
Follow Us

एनआरएनए यूकेको सचिवमा डिएन खरालले उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
२६ असार २०७८, शनिबार २१:४१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको सचिवमा डिएन (धातानन्द) खरालले उम्मेदवारी दिने भएका छन् ।

आगामी जुलाई ३१ तारिख हुने निर्वाचनमा उनले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेपालमा गुल्मीघर भएका खराल विगत १५ वर्ष देखी बेलायतमा बसोबास गर्दै आएका छन् ।

एनआरएनए स्कटल्याण्डको सल्लाहकार समेत रहेका खरालले स्कटल्याण्डमा रहेर सामाजिक सेवामा सकृय भूमिका निर्वाह गरेका थिए ।

उनी बिगत ६ वर्ष देखी गुल्मी समाज बेलायतको सल्लाहकारको रुपमा समेत रहेका छन् ।
उनले बेष्टमिडल्याण्ड क्षेत्रमा ड्राइभिङ स्कुल संचालन गर्दै आएका छन् । उनकै सकृयतमा स्कटल्याण्डमा नेपाली समुदायका लागि कम्युनिटी भवन समेत प्रयोगमा ल्याइएको थियो ।

उनले नेपाली समाजको लागि सेवा गर्ने लक्ष सहित एनआरएनएमा उम्मेदवारी दिन लागेको बताए ।

धेरै पढिएको